काठमाडौं – भारतले इंग्ल्यान्डसँगको एक दिवसीय तीन खेलको शृङ्खला क्लिन स्वीप गरेको छ । बुधबार भएको अन्तिम खेलमा भारतले इंग्ल्यान्डलाई १४२ रनले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो ।
अहमदवादमा भएको दिवा र रात्रि खेलमा ३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१४ रनमा सीमित भएको थियो । भारतका हर्षित राना, आर्शदीप सिंह, हार्दिक पाण्डे र अक्षर पट्टेलले समान २/२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सबै विकेट गुमाएर ३५७ रन बनाएको थियो । भारतका लागि उपकप्तान शुभमन गिलले १०२ बलमा ११२ रनको पारी खेले । उनी अन्तिम खेलको प्लेयर अफ द म्याच तथा प्लेयर अफ द सिरिज घोषित भए । यसैगरी, श्रेयास ऐयारले ६४ बलमा ७८, विराट कोहलीले ५५ बलमा ५२ तथा लोकेश राहुलले २९ बलमा ४० रन जोडेका थिए । दुई खेल चार–चार विकेटले विजयी भएको भारतले अन्तिम खेलमा १४२ रनको शानदार जित निकाल्दै शृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो । यस अघि भारतले इंग्ल्यान्डसँगकै टि–२० सिरिज पनि जितेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।