बझाङ – नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ । गएराति कुटपिट तथा चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङकै २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाल रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।