काठमाडौँ – प्रहरीमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । यही २४ माघमा काठमाडौं महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए ।
ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही २७ माघ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनीहरूले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।
प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । उनीहरूलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।