बुटवल – बुटवलमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलको नेपालगञ्ज रोडमा पश्चिमतर्फ आउँदै गरेको लु २ ख ३३३६ नम्बरको टिप्परले लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा युवाको मृत्यु भएको हो ।
टिप्परको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालकलाई स्थानीयले उपचारका लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएका थिए । अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका भएका थिए । मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
डीएसपी पण्डितका अनुसार मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालक तिलोत्तमा नगरपालिका–१० का किस्मन थारूलाई नियन्त्रणमा लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।