काठमाडौं – काठमाडौँमा जारी महिला त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेदरल्याण्डस र थाइल्याण्डबीच खेल हुँदै छ । त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्यान्ह सवा १२ देखि शुरु हुने छ । जारी सिरिजमा अहिलेसम्म थाइल्याण्डले खेलेका ४ खेलमा चारै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै नेदरल्याण्डसले भने अहिलेसम्म खेलेका ५ मध्ये ३ खेलमा जित हासिल गरेको छ र ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यो खेल थाइल्याण्डले जितेमा त्रिकोणात्मक सिरिजको उपाधि जित्ने छ भने नेदरल्याण्डसले जितेमा उसको सम्भावना कायम रहने छ ।
नपाल भने सिरिजमा पाँचै खेलमा हार बेहोरेर उपाधि जितको दौडबाट यसअघि नै बाहिरिएको छ । नेपालले अहिले सम्म खेलेका मध्य कुनै पनि खेलमा जित दर्ता गर्न सकेको छैन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।