काठमाडौं– नेपाल महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार थाइल्यान्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले ६ विकेटको क्षतिमा १०६ रन जोड्यो।
थाइल्यान्डका लागि पुथ्थावाङले नटआउट २५ रन र सुथिरुवाङले २७ रन जोडे। दुईबीच ५० रनको साझेदारी भएपछि थाइल्यान्डले सय रन कटाएको थियो।
त्यसअघि नेपालले थाइल्यान्डको १२ ओभरभित्र ६ विकेट लिएको थियो भने थाइल्यान्डले ५६ रन जोडेको थियो।
नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडन राख्दा १८ रन दिइन्। डेब्यू खेलाडी रचना चौधरीले १ विकेट लिँदा पूजा महतोले पनि १ विकेट हात पार्न सफल भइन्।
सिरिजमा नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ। नेपालले नेदरल्यान्ड्ससँग दुई खेल तथा थाइल्यान्डसँग एक खेल गुमाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।