• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानमन्त्री ओलीले सुरु गरे देशभर एचपीभी खोप अभियान

64x64
नेपाल लाइभ मंगलबार, माघ २२, २०८१  १३:१६
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु गरेका छन्। 

बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा राखिएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त क्षेत्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन्।

खोप अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप लगाउन आग्रह गरे। उनले यो अभियान सफल बनाउन पनि सबैसँग अनुरोध गरेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आजबाट सुरु भएको खोप अभियान फागुन ५ गतेसम्म देशभर सञ्चालन हुने छ। देशभरका १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने छ।

यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठूलो अभियान हो। देशभरका करिब १७ लाख किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिइएको यस अभियानले एचपीभी खोपको कभरेज बढाउने र नेपालमा पाठेघरको मुखको क्यान्सरको भारलाई न्यूनीकरण गर्न उल्लेखनीय रहने मन्त्रालयले जनाएको छ।

एचपीभी भनेको के हो र यसले कस्तो असर गर्दछ?
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) एक प्रकारको विषाणु हो। संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो। पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँदछ। एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन्। यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ। यसले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्छ।

एचपीभी संक्रमण कसरी सर्दछ?
एचपीभी मुख्यत संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ। तर यो संक्रमित व्यक्तिको यौनांगको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्क मार्फत पनि सर्न सक्दछ। यसको संक्रमण पुरुषमा पनि हुन्छ। पुरुषबाट महिलामा सर्ने गर्दछ।

एचपीभी संक्रमणका चिन्ह तथा लक्षण के कस्ता हुन्छन्?
यसले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांग क्यान्सर समेत गराउन सक्दछ।  पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा धेरै जसोमा लक्षण र चिन्हहरु देखिदैन। अन्ति अवस्थामा मात्र पहिचान हुन सक्छ। पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्तअल्पता जस्ता लक्षणहरु देखिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

एचपीभी संक्रमणको कसरी परीक्षण गर्न सकिन्छ?
स्वास्थ्य संस्था तथा अस्पतालमा गई पाठेघरको मुखको पानीको परीक्षण गरेर एचपीभी संक्रमण भए नभएको थाहा पाउन सकिन्छ।

एचपीभी संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ?
यो रोगबाट बच्ने प्रमुख उपाय भनेको किशोरी अवस्थामा एचपीभी खोप लगाउने नै हो। यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएको छ।

संक्रमित पुरुषबाट महिलामा असुुरक्षित यौन सम्पर्क हुँदा सर्ने भएकाले सुरक्षित यौन सम्पर्कका उपायहरु अपनाउनु पर्छ। समयमै संक्रमण पहिचान गर्न पाठेघरको मुखको नियमित जाँच गराउनु पर्दछ।

ह्युमनप्यापिलोमा भाइरसले गर्दा हुन सक्ने महिलाहरुको पाठेघरको मुख, यौनांगको क्यान्सर तथा यौनांगमा मुसाबाट बचाउँछ। एचपीभी संक्रमण भए पश्चात हालसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपिचि खोप लगाएमा संक्रमण हुने सम्भावना अत्यन्त न्युन रहन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एचपीभी खोप लगाएपछि के कस्ता असर हुन सक्छन्?
विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपालको औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त एचपीभी खोप एक सुरक्षित तथा प्रभावकारी खोप हो। सधारणतया यो खोपको प्रयोग पश्चात अवान्छित घटनाहरु देखिने सम्भावना अत्यन्त न्युन रहेको छ।

यसबाट हुन सक्ने सामान्य असरहरु खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु,टाउको दुख्नु, वाकवाकी लाग्नु, थकाल महसुस हुनु, रिंगटा लाग्नु, ज्वरो आउनु, एलर्जी  रियाक्सन आदि हुन्।

यी सामान्य असरहरु हुन्। केही समयमा आफै हराएर जान्छन्। खोप लगाएपश्चात देखा पर्नसक्ने यस्ता सामान्य असरहरुको अनुगमन तथा व्यवस्थापनका लागि खोप लगाएको कम्तिमा ३० मिनेट खोप केन्द्रमै विश्राम गर्नुपर्छ। यदी यस्ता असरहरु रहिरहेमा वा गम्भीर लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ। हाललाई यो खोप १४ वर्ष पुगी १५ वर्ष ननाघेका किशोरीहरुलाई लक्षित गरिएको छ।

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एचपीभी खोपलाई विस्तार गर्दै १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई खोप लगाउने सरकारको तयारी छ। सरकारले निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्यसंस्थाबाट उपलब्ध गराउने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
सम्बन्धित सामग्री
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईईमा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन फारम भर... बुधबार, कात्तिक ११, २०८३
भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व अन्त्य गरेको ट्रम्पको दाबी ‘मैले दुवै देशका प्रधानमन्त्रीलाई फोन गरेर युद्ध जारी राखे दुवैमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने र अमेरिकामा व्यापार गर्न नसक्ने... बुधबार, कात्तिक ११, २०८३
प्रधान सेनापति सिग्देलद्वारा उपरथीमा पदोन्नति भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व अन्त्य गरेको ट्रम्पको दाबी बुधबार, कात्तिक ११, २०८३
नेपाल भ्रमणमा आउँदै जर्मनीकी संसदीय राज्यसचिव डा. कोफ्लर बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्