काठमाडौं – काठमाडौँमा जारी महिला त्रिकोणात्मक टि–२० आई सिरिजमा आज नेदरल्याण्ड्स र थाइल्याण्डको खेल्दैछन् । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
सिरिजमा थाइल्याण्ड लगातार तेस्रो जितको खोजीमा छ । थाइल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्स तथा दोस्रो खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो ।
नेदरल्याण्ड्स भने चौथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ । यस अघि नेदरल्याणड्सले दुई खेलमै घरेलु टोली नेपाललाई पराजित गरेको थियो । भने थाइल्याण्ड संग पराजित भएको थियो । सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्ड दोस्रो पटक आमने सामने हुदै छन् । पहिलो भेटमा थाइल्याण्डले ८ विकेटको सानदार जित हासिल गरेको थियो । महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३औं, नेदरल्याण्ड्स १६औं र नेपाल २०औं स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।