एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा अर्को जित हात पारेको छ । बार्सिलोनाले आइतवार अलाभेसलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोव्स्कीले ६१औं गरेको गोल नै निर्णायक रह्यो ।
जितसँगै बार्सिलोना २२ खेलमा ४५ अंकका साथ तेस्रो स्थानमा छ । बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग ४ अंकले पछाडि छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको २२ खेलमा ४८ अंक रहेको छ । अलाभेस २२ खेलमा २१ अंकका साथ रेलिगेसन जोनमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।