जुम्ला - माटोको ढिस्कोमा पुरिएर जुम्लामा एकजनाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनी पुरिएकी हुन् । विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन् । उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।