काठमाडौं – त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो दोस्रो खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेदरल्याण्ड्ससँग खेलेको नेपाली टोलीमा १ परिवर्तन भएको छ । इश्वरी विष्टको स्थानमा ममता चौधरीलाई मौका दिएको छ । ममता भर्खरै सकिएको महिला प्रधानमन्त्री कपको शीर्ष रनकर्ता रहेकी थिइन् ।
नेपालको प्लेइङः ११
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, र सिता राना मगर ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।