कैलाली – नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेण्डरमा समावेश अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुने प्रतियोगितामा उद्घाटन खेल डीसीए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा खेल्दैछन् । खेल दिउँसो १२ः१५ बजे शुरू हुनेछ ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्दैछन् । ट्रफी अनावरण भने मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए । डीसीए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठलगायत खेलाडी मैदान उत्रिने छन् ।
यस्तै फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन् । समूह ए मा रहेका दुवै टोली जितबाट प्रतियोगिताको शुरूआत गर्ने पक्षमा छन् । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागीता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।