काठमाडौं – शैक्षिक परामर्शदाता अप्टिमस ग्लोबल एजुकेशन कन्सलटेन्सीले नेपाली क्रिकेट टोलीका ओपनर अनिल कुमार साहलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । काठमाडौंमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै अप्टिमस ग्लोबलले अनिललाई ३ वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको हो ।
अप्टिमस ग्लोबलका तर्फबाट अध्यक्ष असिम शर्मा मैनाली र अनिलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अनिल नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्सका कप्तान हुन् । उनी सन् २०१८ देखि राष्ट्रिय क्रिकेट टोलीको सदस्य रहदै आएका छन् ।
कार्यक्रममा शैक्षिक परामर्श संघ नेपाल (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रशंसा गरे । अनिलले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।