काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै छ ।
भैरहवामा निमार्णाधिन एक्ट्राटेक ओभलमा प्रतियोगिता आयोजना गरिदैछ । क्यानका अनुसार प्रतियोगिताको खेलहरु डबल राउन्ड रोबिनका आधारमा संञ्चालन हुदैछ । यु १९ पुरुष विश्व कपको एसिया छनोट आगामी अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुँदैछ । ५ टोली सहभागी रहने छनोटको शीर्ष स्थानमा रहने टोली विश्व कपमा छनोट हुनेछ । प्रतियोगितामा नेपाल सहित अफगानिस्तान, ओमान, युएई र हङकङको सहभागिता रहनेछ ।
यी हुन छनोट भएका ३६ जना खेलाडीहरुः
१) अभिषेक तिवारी २) दिलसाद अलि ३) सोहेल कुँवर ४) नरेन भट्ट ५) सुर्यान्सु कोइराला ६) रोशन विश्वकर्मा ७) सन्तोष यादव ८) दयानन्द मण्डल ९) अपराजित पौडेल १०) सिब्रिन श्रेष्ठ ११) राजेश बोहरा १२) नीरज कुमार यादव १३) अफ्रुदीन रेन १४) सौजन प्रसाद घिमिरे १५) दीपक सेरला १६) युवराज खत्री १७) आशिस लुहार १८) सचिन भट्ट १९) रुहुल हक २०) चन्दन राम २१) कृतिक कामत २२) विपिन प्रसाद शर्मा २३) प्रतीक पोखरेल २४) साहिल पटेल २५) रोहन साह २६) अरबिन घर्ती २७) रोहित चन्द २८) सुदिप अर्याल २९) दर्श सोनार ३०) क्षितिज थापा मगर ३१) अमर मिश्र ३२) भोपाल दंगाल ३३) अशोक धामी ३४) नितिस पटेल ३५) आसिक राना मगर ३६) नितेश कुमार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।