काठमाडौं– यू–१९ महिला टी–२० विश्वकप अन्तर्गत समूहचरणको अन्तिम खेलमा पराजित भएसँगै नेपालको सुपर सिक्स यात्रा अन्त्य हुनुका साथै प्रतियोगिताबाटै बाहिरिएको छ।
समूचरणको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग भारी रनअन्तरले पराजित भयो।
बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै जितविहीन रह्यो।
नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो। अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो। कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन्।
अस्ट्रेलियाका लागि हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले २-२ विकेट लिए भने कोल एइन्सवर्थले १ विकेट लिइन्।
त्यसअघि मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।
नेपालकी कप्तान पुजा महतोले अष्ट्रेलियाको सुरुवाती ३ विकेट लिँदै राम्रो सुरुवात दिलाएकी थिइन्। तर काओइमहे ब्रे र एलेनोर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए। ब्रेले सर्वाधिक ४५ रन बनाउँदा लारोसाले ३१ रन जोडिन्।
नेपालका लागि कप्तान पुजाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन्। सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन्।
यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ। नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो।
शुक्रवार हुने प्लेअफ खेलमा नेपालले समूह ए को चौथो हुने टोलीसँग खेल्नेछ । बिहीवार मलेसिया र वेस्ट इण्डिजबीचकाे खेलबाट नेपालकाे प्रतिद्वन्दी तय हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।