काठमाडौं– यू–१९ महिला टी–२० विश्वकप अन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपाललाई अस्ट्रेलियाले १४० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको बांगीमा टस जित्दै पहिले ब्याटिङ गरेको अस्ट्रेलियाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रनको विशाल स्कोर खडा गरेको हो। जारी प्रतियोगिताका तीन खेलमध्ये यो समूहचरणको अन्तिम खेल हो।
अस्ट्रेलियाको विशाल स्कोर बनाउन काइम्हे ब्रेले सानदार ब्याटिङ गरिन्। उनले मात्र ३४ बलमा ४५ रन बनाइन्। यस्तै एलेनो लारोसाले ३९ बलमा ३१ रन बनाउँदा हर्सद गिलले आक्रामक ब्याटिङ गर्दै नटआउट २१ बलमा ३० रनको शानदार पारी खेलिन्। यस्तै कोल अनिसवर्थले पनि ९ बलमा नटआउट १६ रनको योगदान दिइन्।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३ विकेट लिँदा सीमाना केसीले २ र रिया शर्माले चौधरीले एक विकेट लिइन्।
यसअघि दुई खेल हारेको नेपालले आज अस्ट्रेलियालाई जित्न सके सुपर ६ मा पुग्नेछ। नेपालले आज एक परिवर्तन गरेको छ। किरण कुँवरलाई बाहिर राख्दै उनको ठाउँमा तिर्सना विश्वकर्मालाई प्लेइङ ११ मा राखेको छ।
नेपाल यसअघि बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको छ। आज बंगलादेशले स्कटल्याण्डलाई हराएसँगै अब नेपालले सुपर सिक्सका लागि अस्ट्रेलियालाई पराजित गर्नुपर्नेछ। यद्दपि पराजित भएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।