काठमाडौं– आईसीसी यू-१९ टी२० महिला विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्ड विरुद्ध टस जितेर ब्याटिङ गर्दै छ।
हालसम्म नेपालले ४ ओभरमा १ विकेटको क्षतिमा २६ रन बनाएको छ।
टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन्। नेपालले आज दुई परिवर्तन गरेको छ।
सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन्।
नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो। आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।