काठमाडौं– आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।
मलेसियाको बांगीमा नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन्।
बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक विकेट लिए।
यस अघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको थियो।
नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन्। सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, सोनी पाख्रिन ०, किरन कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३, अनु कडायत ० रनमा आउट भएका थिए।
बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन्। अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।