काठमाडौं– आईसीसी यू–१९ टी–२० महिला विश्वकपमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। मलेसियामा केही बेरअघि भएको टस बंगलादेशले जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशले सहभागिता जनाएका छन्। नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ ।
गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।
नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, चना चौधरी, सिमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।