काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विविध विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिको आधुनिकीकरण, शिक्षा र संस्कृतिलगायत पारस्परिक साझेदारीका बारेमा विचारविमर्श भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
त्यस अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्वनेपाली राजदूत डा अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।