काठमाडौं– स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ।
जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनलाई आज अदालतमा उपस्थित गराइएको हो। हिजो सार्वजनिक बिदा भएका कारण बहस अगाडि बढ्न सकेको थिएन।
आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविको सो दिन बयान सकिए पनि थुनछेक बहस नहुँदा न्यायिक हिरासतमा पठाइएका थिए। सोमबार थुनछेक बहस भयो। तर, जाहेरवाला पक्षका कानुन व्यवसायीको बहस सकिएन।
अदालतले कार्यालय समयभन्दा बढी बहस नगराएपछि रवि पुनः न्यायिक हिरासतमा पठाइए। मंगलबार सार्वजनिक बिदा भएकाले उनी हिरासतमै राखिए। आज पुनः थुनछेक बहस निरन्तर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।