रुपन्देही– पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गुप्ता र कहारलाई घुससहित बुधबार पक्राउ गरेको हो।
उनीहरूले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बुटवल कार्यालयबाट गएको टोलीले कार्यकक्षबाट रंगेहात पक्राउ गरिएको आयोगको विज्ञप्तीमा उल्लेख गरिएको छ।
उक्त रकमसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।