काठमाडौं– जय ट्रफी पुरुष इलाइट कप–२०२५ मा मधेश प्रदेशका लागि मयन यादवले अर्धशतक प्रहार गरेका छन्।
जनकपुरमा जारी खेलमा आक्रामक ब्याटिङको सुरुवात गरेको मधेशका लागि यादवले मात्र ५३ बलमा ५० रन पूरा गरेका हुन्। योसँगै जारी लिगमा अर्धशतक प्रहार गर्ने उनी दोस्रो खेलाडी बनेका छन्।
यसअघि त्रिभुवन आर्मी क्लबका लागि सोमपाल कामीले पहिलो अर्धशतक प्रहार गरेका थिए।
मधेशले मात्र २४ ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै एक सय ३२ रन पूरा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।