काठमाडौं– त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोमपाल कामी जय ट्रफी पुरुष इलाइट कप–२०२५ मा अर्धशतक बनाउने पहिलो ब्याटर बनेका छन्।
सोमबार पर्साको वीरगन्जस्थित नारायण क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा सोमपालले अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ५० रन पूरा गरेका हुन्।
उनले ७३ बलमा सात चौका र एक छक्कासहित अर्धशतक पूरा गरे। आइतबारदेखि मधेसका दुई सहर जनकपुर र वीरगन्जमा सुरु प्रतियोगिताको यो पहिलो अर्धशतक हो।
खेलको दोस्रो इनिङ जारी रहँदा ३५ ओभरमा आर्मीले सात विकेट गुमाएर १२९ रन बनाएको छ। सोमपालसँगै क्रिजमा रहेका विवेक यादवले रनको खाता खोलेका छैनन्।
पहिलो इनिङमा आर्मीले १२१ रन बनाएको थियो। पहिलो इनिङमा पुलिसले १२५ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।