काठमाडौं– युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् ।
१९ पुसमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए। अधिकारीका अनुसार उनलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो।
‘अभद्र व्यवहारको कसुरमा मानवलाई पक्राउ गरिएको हो । म्याद लिएर अनुसन्धान अघि बढाउँछौं,’ एसपी अधिकारीले भने ।
यसअघि मानव पटक-पटक साइबर अपराधको कसुरमा पक्राउ गर्दै आएका थिए। युट्युब च्यानलमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ गर्दै आएका उनी धरौटीमा छुटेका थिए।
अहिले भने अभद्र व्यवहारको कसुरमा पक्राउ परेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाउने प्रहरीले जननाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।