काठमाडौं– मलेसियामा जारी यु–१९ वुमन्स एसिया कपको ‘सुपर–४’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदान वर्षा भइरहेकाले टससमेत हुन सकेको छैन।
नेपालका लागि यो खेल निकै नै महत्वपूर्ण छ। यो खेलमा जित निकालेमा नेपाल फाइलनमा प्रवेश गर्नेछ। पराजित भएमा वा रद्द भएमा बंगलादेश फाइलनमा पुग्नेछ।
सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन्। भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ। पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन्।
सबै टोलीले एकएक खेल खेल्न बाकी छ। नेपालले बंगलादेश र भारतले श्रीलंकासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।