काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको मध्यम लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १३९ रनको स्कोर बनाएको हो।
जनकपुरका लागि जिम्मी निसामले सर्वाधिक रन बनाए। उनले २३ बलमा ४५ रन बनाए। त्यसक्रममा उनले तीन चौका र तीन छक्का हिर्काए।
शुभ कंसाकारले चार चौकासहित २४ बलमा २६ रन बनाउँदा लाहिरु मिलान्थाले १२, हर्ष ठाकरले १२, आशिफ शेखले ११ र अरनिको यादवले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ यता सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदा सैफ जैबले २ तथा स्कट कुग्गिलिजेन र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।