काठमाडौं– जयकिसन कोल्सवाला र विलियम बोसिस्टोको अर्धशतकीय इनिङ्समा त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत प्लेअफमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको स्कोर खडा गरेको हो।
कर्णालीका लागि दुई जना ब्याटरले अर्धशतक प्रहार गरे। यता चान्डविक वाल्टन भने अर्धशतक बनाउनबाट चार रनले चुके। जसकिसन कोल्सवालाले अर्धशतक प्रहार गरे। ३५ बलमा अर्धशतक प्रहार गरेका उनले आउट हुनुअघि ५३ रन जोडे।
यस्तै जिसान मकसुदले एक चौका र एक छक्का प्रहार गर्दै १२ बलमा १४ रन जोडे। चान्डविक वाल्टन र विलियम बोसिस्टोको पाट्नरसिप कर्णालीका लागि ठूलो स्कोर खडा गर्न महत्वपूर्ण रह्यो। बोसिस्टोले पनि अर्धशतक प्रहार गरे। उनले ३७ बलमा अधशतक प्रहार गरेका हुन्। आउट हुनुअघि उनले ५२ रन जोडे। उनले तीन चौका र दुई छक्का प्रहार गरे।
यस्तै वाल्टनले पनि महत्वपूर्ण रन जोडे। उनले मात्र २३ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै नटआउट ४६ रन जोडे। देव खनाल भने तीन रनमा आउट भए।
ओपनर रित गौतम गोल्डेन डकआउट हुँदा गुलशन झा पनि शून्य रनमै आउट भएका थिए।
यता बलिङतर्फ चितवनका लागि सोहेल तनवीरले २ विकेट लिँदा रवि बोपारा, कुशल मल्ल र सरद भेसवाकरले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।