काठमाडौं– जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत आज प्लेअफका दुई खेल हुँदैछन्।
पहिलो खेल अंक तालिकामा तेस्रोमा रहेको चितवन राइनोज र चौथोमा रहेको कर्णालीबीच इलिमिनेटर हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा चितवनले टस जित्दै पहिला फिल्डिङ रोजेको छ र कर्णाली याक्सलाई ब्याटिङको निम्तो दिएको छ।
बिहान ९ बजेदेखि सुरु हुनेछ। यी दुईबीचको बिजेताले दोस्रो क्वालिफायर खेल्नेछ।
यस्तै दिउँसो १ बजे पहिलो क्वालिफायर हुँदैछ। जनकपुर बोल्ड्स र सुदूरपश्चिम रोयल्सबीच हुने खेलको बिजेता सिधै फाइनलमा पुग्नेछ।
यस्तो पराजित टोली इलिमिनेटरको बिजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।