काठमाडौं– मलेसियामा जारी यू–१९ महिला एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ।
बायोमास क्रिकेट ओभलमा भएको खेलमा टस हार्दै ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको हो।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन जोडिन्।
सातौं नम्बरमा अलिसा यादवले चार चौकासहित २० रन बनाउनुबाहेक अन्य ब्याटरलेसम्झनलायक रन बनाउन सकेनन्। साना प्रविनले ९ रन बनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।