काठमाडौं– एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समयअनुसार विहान ११:४५ बजेबाट सुरु हुनेछ। आजको खेलपछि समूहको विजेता र उपविजेता टोलीको टुंगो लाग्ने छ।
हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो।
आइतबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो। पाकिस्तान लगातार दुई खेलमा पराजित भएसँगै नेपाल समूह चरणको एक खेल बाँकी छँदै सुपर ४ मा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।