काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवार पनि दुई खेल हुनेछन्।
अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुने भएको हो।
कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । यस खेलमा जित निकाल्दै कर्णाली प्लेअफ सम्भावना बलियो पार्न चाहन्छ भने पहिलो संस्करणको एनपिएलमा आफ्नो अन्तिम खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ।
त्यस्तै दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको सामना गर्दैछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।
५ खेलमा ३ जित र २ हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ भने ५ खेलमा ४ मा हार र १ मा जितका साथ विराटनगर तालिकाको पुछारमा छ।
बिहीबारको खेलमा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा पराजित भएपछी विराटनगरको प्लेअफ सम्भावनामा ठुलो धक्का पुगेको छ भने अब झिनो आशाका साथ आजको खेल खेल्दैछ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।