काठमाडौं– ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि काठमान्डु गुर्खाज १०१ रनमै अलआउट भएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको हो।
काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए। बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए। शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए। मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए।
यस खेलमा अजनकपुरका कप्तान अनिल शाहले कीर्तिमानी ५ क्याच लिए। उनले नपालको प्रेन्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।