काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनको स्कोर बनाएको हो।
विराटनगरका लागि स्कट एडवार्ड्सले सर्वाधिक ४५ रनको इनिङ्स खेले। ३५ बल खेलेका उनले पाँच चौका प्रहार गरे। ओपनर लोकेश बमले २६ रन बनाए। बसिर अहमदले २१ रन बनाउँदा निकोलस किर्टोनले १९ रनको योगदान दिए।
यता बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेफियरले २/२ विकेट लिँदा दिनेश खरेल र कुशल भुर्तेलले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।