काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत आज भइरहेको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध खराब सुरुवात गरेको छ।
पहिलो पावर प्ले ६ ओभर सकिँदा काठमाडौंले चार विकेट गुमाएर मात्र २३ रन बनाएको छ।
काठमाडौंले सस्तैमा चार विकेट गुमाएको हो। स्टेफिन इसकिनाजीले १३ रन बनाए। अविशेष गौतमले उनलाई क्लीन बोल्ड गरेका हुन्।
यस्तै माइकल लेभिडलाई साइमोन्ड्सले शून्यमै बोल्ड गरेका थिए भने जेरार्ड इरासमस र सुमित महर्जनलाई सादबिन जाफरले आउट गरे। महर्जन एलबीडब्लु आउट भए भने इरासमसको क्याच सन्दीप जोराले लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।