काठमाडौं– १०४ रनको सामान्य लक्ष्य पस्केको पोखरा एभेन्जर्सले बलिङमा कसिलो सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी आजको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखराका स्पिनरले मात्र ४ ओभरमा दुई विकेट झारेका छन्।
त्यो पनि १४ रन दिएर। ओपनर देव खनाल शून्य रनमै विपीन खत्रीबाट एलबीडब्लु धरापमा परेका थिए। ब्याटमा लागेर खुट्टा छोए पनि अम्पाएरले आउट दिएपछि देव असन्तुष्ट हुँदै पेभिलियन फर्किए।
यस्तो चौथो ओभरको पाँचौं बलमा सागर ढकालले बाबर हायतलाई क्लीन बोल्ड गरे। अहिले क्रिजमा चान्डविक वाल्टन र देव खनाल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।