काठमाडौं– अस्ट्रेलियन अलराउन्डर विल बोसिस्टोको कसिलो बलिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिगमै अहिलेसम्मको कम लक्ष्य पाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६ दशमलव ३ ओभरमै १०३ रन मात्र बनाएर अलआउट हुनपुग्यो। पोखराको ब्याटिङ लाइन ध्वस्त पार्न कर्णाली याक्सका तर्फबाट विल बोसिस्टोले उत्कृष्ट बलिङ गरे।
चार ओभरमा उनले २८ रन खर्चिएर ६ विकेट लिए। एकै खेलमा यतिधेरै विकेट लिने एनपीएलको पहिलो खेलाडी बनेका छन्। वीपीन शर्मा, सोमपाल कामी र युनिससिंह ठकुरीले एक/एक विकेट लिए।
उत्कृष्ट सुरुवात पाएको पोखरा ओपनर आउट भएपछि कुनै पनि ब्याटर चल्न सकेन्। आक्रामक ब्याटिङ गरिरहेका ओपनर आन्द्र गौसको विकेट विपीन शर्मा र दिनेश खरेललाई युनिषले लिएका थिए। आन्द्रले आउट हुनुअघि १२ बलमा २५ रन र खरेलले १९ बलमा २६ रन जोडे।
त्यसपछि रेमोन रेफियरले २० रन बनाउँदा विपीन खत्री र कुशल भुर्तेलले १०/१० रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन्। सोही कारण पनि अलआउट हुँदै पोखरा १०३ रनमै खुम्चियो। सुरुवाती रनस्कोर हेर्दा पोखरा १८० को माथि जाने सम्भावनामा देखिन्थ्यो। तर अप्रत्यासित रुपमा अलआउट हुन पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।