काठमाडौं– भारतलाई हराउँदै बंगलादेशले युएईमा भएको यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ। भर्खरै सकिएको फाइलन खेलमा बंगलादेशले भारतलाई ५९ रनले पराजित गरेको हो।
बंगलादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर २ बलमा १३९ रनमा समेटियो। भारतका मोहम्मद अमानले सर्वाधिक २६ रन बनाए। बंगलादेशका अजिजुल हाकिम तमिम र अजिजुल हाकिम तमिमले ३-३ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा १९८ रन बनाएको थियो। बंगलादेशका रिजन हुसेनले सर्वाधिक ४७ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।