काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय क्रिकेटर शिखर धवन आज स्वदेश फर्किएका छन्।
फर्किनुअघि उनी आजै एभरेस्ट बेस क्याम्प घुम्न निस्किएका थिए।
शिखर आवद्ध कर्णाली याक्सका मालिक गृहेन्द्र घिमिरेसँग उनी मनाङ एयरको हेलिकोप्टरमा बेसक्याम्प गएका थिए। त्यहाँ उनले केही घन्टा बिताएर तस्विरहरु खिचे। फर्किएर होटलमा आएपछि धवनलाई फ्रेन्चाइजले औपचारिक विदाइ गरेको थियो।
बेलुकी ५ः३० बजे एयर इन्डियाको उडानबाट धवन भारत गएका छन्। उनले एनपीएलका चारवटा म्याच खेले। एनपीएलमा सहभागी उनी सबैभन्दा चर्चित विदेशी अनुहार थिए।
धवनले मार्चमा फेरि नेपाल घुम्न आउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।