काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजलाई पहिलो झड्का लागेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको चितवनका ओपनर सन्तोष कार्की क्याचआउट भएका छन्। सुदूरपश्चिमलाई बलर ब्रान्डन म्याकमुलेनले पहिलो सफलता दिलाएका हुन्।
६ बलमा एक चौकासहित ९ रन बनाएका कार्कीलाई म्याकमुलेनले नरेश बुढाएरबाट क्याचआउट गराए। चितवनले दुई जित र एक हार व्यहोरेको छ भने सुदूरले तीन जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।