• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाल प्रिमियर लिग: १३ खेल सकिँदा प्लेअफको प्रतिस्पर्धामा कसको अवस्था कस्तो? 

अस्मिता भट्टराई शनिबार, मंसिर २२, २०८१  २०:२२
1140x725

काठमाडौं– नेपालको क्रिकेट इतिहासमै सबैभन्दा ठूलो र भव्य टी–२० लिग नेपाल प्रिमियर लिग यही मंसिर १५ गतेदेखि सुरु भएको छ। जारी लिग नेपाल क्रिकेट संघले आफैं आयोजना गरेको छ। 

डोमेस्टिक लेभलमा यसअघि धेरै लिगहरु भए पनि विश्वस्तरको लिग भने यो पहिलो हो। यसको हाइप यति धेरै छ कि नेपाली क्रिकेट र नेपाली क्रिकेटरका लागि नयाँ युगको सुरुवातका रुपमा क्रिकेट विश्लेषकहरुले लिएका छन्।

जारी लिगमा अहिलेसम्म १३ खेल सकिसकेका छन्। आठ टिम सहभागी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गुर्खाज्, जनकपुर बोल्टस् र विराटनगर किङ्स रहेका छन्। 

यी टिममध्ये अहिलेसम्म विराटनगर किङ्स र कर्णाली याक्सले ४/४ खेल खेल्दा अन्य टीमले भने ३/३ खेल खेलेका छन्। अब कर्णाली र विराटनगरसँग समूहचरणमा ३/३ खेल रहँदा अन्यसँग चार चार खेल बाँकी छन्।

तीन खेलमा तीनै खेल जित्दै ६ अंकसहित सुदूरपश्चिम पहिलो र तीनै खेल जितेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा रहेको छ। यता चितवन राइनोज तीन खेलमा २ जित र एक हारसहित ४ अंकका साथ तेस्रोमा रहेको छ। 

दुई खेल जित र दुई हारसहित कर्णाली याक्स चार अंकसहित चौथो स्थानमा रहँदा पोखरा पाँचौं, काठमाडौं गुर्खाज् छैटौ, विराटनगर एक सातौं र अन्तिममा लुम्बिनी रहेको छ। 

अब समूह चरणमा १५ खेल बाँकी छन्। समूह चरणमा शीर्ष चार टिम प्लेअफमा जानेछन्।

सुदूरपश्चिम र जनकपुरको सम्भावना बलियो
अहिलेसम्मको खेल हेर्दा शीर्षमा रहेको सुदूरपश्चिम र जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने दुई प्रवल सम्भावनायुक्त टीम देखिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यी दुवैले लगातार तीन खेल खेलेका छन्। त्यो पनि उच्च रनरेटका साथ। सोही कारण अब बाँकी चार/चार खेलमध्ये एकाध गुमाए पनि यि दुई टिम त्यति दबाबमा रहने छैनन्।

भोलि जनकपुर र लुम्बिनी लायन्सले चौथो खेल खेल्दैछन्। लगातार तीन खेल जित्दै बलियो उपस्थिति बनाएको जनकपुरका अगाडी लुम्बिनी दबाबमा देखिन्छ। त्यसैले पनि आफ्नो फर्म कायम राख्दै मैदानमा उत्रियो भने लुम्बिनीमाथि जनकपुरले धेरै नै दबाब राख्न सक्छ। 

यस्तै शीर्षमा रहेको सुदूरपश्चिम पनि त्यति दबाबमा देखिँदैन। किनकी एक खेल गुमाउँदा पनि सुदूरका लागि कमब्याक गर्ने अवसर हुनेछ। 

अन्यको कस्तो छ अवस्था
यता दुई/दुई खेल जितेका कर्णाली याक्स र चितवन राइनोजबीच पनि प्लेअफमा पुग्नका लागि प्रतिस्पर्धा हुने देखिन्छ। तर चितवनले मात्र तीन खेल खेलेको छ। यदि पहिला दुई खेल जितेजसरी चितवनले आफ्नो फर्म कमब्याक गर्‍यो भने उसका लागि पनि सम्भावना बलियो हुनेछ। 

Xtrem

Xtrem

तर यता कर्णाली पनि कम छैन। लगातार दुई खेल हारे पनि कर्णालीले पछिल्ला दुई खेल लगातार जितेर प्लेअफको दौडमा आफूलाई उभ्याएको छ।

यता पोखरा एभेन्जर्स पनि कमब्याक गर्न चाहन्छ। लगातार दुई खेल हारेपछि तेस्रो खेलमा सनसनीपूर्ण जित निकालेको पोखरा पनि दबाबमै छ। किनकी यसअघिका दुई खेल नराम्रोसँग पराजित भएको थियो। 

तर सबैभन्दा महँगो र उत्कृष्ट खेलाडी रहेका पोखराले टिम व्यवस्थापन र खेलाडीको प्रयोगलाई राम्रो गर्नसक्यो भने प्लेअफ दौडको बलियो प्रतिस्पर्धी बनाउन सक्छ। किनकी पोखराको टिममा सनसनी मच्चाउन सक्ने अनेक खेलाडी छन्। 

यता काठमाडौं गुर्खाज् छैटौ स्थानमा छ। करण केसीको कप्तानीमा रहेको काठमाडौंले दुई हार र एक जित निकालेको छ। तर रनरेट भने त्यति राम्रो छैन। प्ले अफ दौडमा प्रतिस्पर्धी बन्नका लागि भने उत्कृष्ट कमब्याक गर्नुपर्ने हुन्छ।

विराटनगर दबाबमा
यता राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स दबाबमा परेको छ। चार खेलमा तीन हारेको छ। प्लेअफका लागि उसले पनि पछाडीका सबै खेलमा उत्कृष्ट कमब्याक गर्नुपर्नेछ।

लुम्बिनीको सम्भावना क्षण बन्दै
नेपाली टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल कप्तान रहेको लुम्बिनी लायन्स भने सबैभन्दा दबाबमा रहेको छ। जारी लिगमा सबैले एक/एक जित निकाल्दा तीनै खेल हारेर अहिलेसम्म अंक तालिकामा खाता नखोल्दै पुछारमा रहेको छ। 

राष्ट्रिय टोलीका सबैभन्दा धेरै खेलाडीसमेत रहेको लुम्बिनीले आफ्ना तीनै खेल हारेको छ। विराटनगरसँग एक विकेटले हारे पनि बाँकी दुई खेल लुम्बिनीले नराम्रोसँग हार्‍यो। 

अब प्लेअफका लागि लुम्बिनीको सम्भावना क्षण बन्दै गएको छ। किनकी बाँकी रहेका चारै खेलमा राम्रो रनरेटसहित जित्नुपर्ने दबाब छ। जनकपुर, कर्णाली, काठमाडौं गुर्खाज् र चितवन राइनोजसँग उसले खेल्न बाँकी छ। यि सबै टोली त्यति कमजोर छैनन्। 

अर्को क्षण बन्ने सम्भावना के हो भने लुम्बिनीमा अहिलेसम्मका खेल हेर्दा कुनै पनि इकोनोमिकल बलर छैनन्। र फिल्डिङ पनि अहिलेसम्मकै कमजोर देखिएको छ। एनपीएलमै ठूलो १९१ रनको स्कोर बनाए पनि त्यो लक्ष्य भेट्न नदिनका लागि लुम्बिनीका कुनै पनि बलरले विराटनगरलाई रोक्न सकेनन्। पहिला बलिङ गर्दा पनि कुनै बलरहरु इकोनोमिकल चल्न सकेका छैनन्। 

यदि लुम्बिनीले आफ्नो राम्रो कमब्याक चाहने हो भने बाँकी सबै खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गर्नुपर्ने हुन्छ। यद्दपी लुम्बिनी प्लेअफको प्रतिस्पर्धी बन्ने किन नबन्ने भन्ने कुरा भोलि जनकपुरसँगको खेलमा निर्धारण हुनेछ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
जापानलाई नेपालको विशाल लक्ष्य, वर्षाले खेल रोकियो नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा जापानलाई १५० रनको विशाल लक्ष्य दिएको छ। शनिबार, असोज १०, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्