काठमाडौं– जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज भइरहेको ११ औं खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सलाई दोस्रो सफलता मिलेको छ।
लुम्बिनीका दुवै जना ओपनर आशुतोस घिरैया र उन्मुक्त चन्द डकआउट भएका छन्। पोखराका लागि दुवै विकेट विपीन खत्रीले लिएका हुन्।
पहिलो ओभरमा घिरैयालाई शून्य रनमा एलबीडब्लु आउट गराएका खत्रीले आफ्नो दोस्रो ओभरको दोस्रो बलमै अर्का ओपनर चन्दलाई पनि शून्य रनमै पेभिलियन फर्काए।
लुम्बिनी आफ्नो दोस्रो र पोखराले तेस्रो खेल खेलिरहेको छ। लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ससँग एक विकेटले पराजित भएको थियो। पहिलो खेलमा चितवनसँग र दोस्रो खेलमा पोखरा एभेन्जर्स जनकपुर बोल्ड्ससँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।