काठमाडौं – नेपाल प्रिमियर लिगमा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्स खेल्नेछन्।
कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ।
पोखरा र कर्णाली दुवै पहिलो जितको खोजीमा हुनेछन्।
चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ।
लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।