काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको हो।
धवनले ५१ बलमा चार चौका र चार छक्काको सहयोगमा ७२ रनको नटआउट पारी खेलेका हुन्।
४२ बलमा ३ चौका ३ छक्का सहित शिखर धवनले अर्धशतक प्रहार गरेका थिए।
यस अघि टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध काठमाडौका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको खोजीमा रहनेछन्।
पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेट र कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।