काठमाडौं– जारी नेपाल प्रिमियर लिगको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्स पहिलो खेलमै ध्वस्त भएको छ।
चितवन राइनोजका बलरसामू पोखराको टप अर्डर कोल्याप्स भएको छ। चितवनले चार ओभरमै ६ विकेट गुमायो। मात्र सात रनको स्कोरमा। पहिलो ओभरमा सोहेल तन्वीरले तीन विकेट लिएर दबाबमा राखेका थिए।
चौथो ओभर बलिङ गर्न आएका रिजन ढकालले पनि आफ्नो ओभरमा तीन विकेट लिँदै पोखराको टप अर्डर कोल्याप्स नै पारिदिए।
रिजनले मात्र २ रन दिँदै तीन विकेट लिए। किरन ठगुन्ना, माइकल लिस्क र दिनेश खरेल तीनै जनालाई एलबीडब्लु धरापमा पारे। दोस्रो बलमा १ रन बनाएका खरेललाई आउट गरेका ढकालले चौथो बलमा किरन ठगुन्ना र पाँचौं बलमा माइकल लिस्कलाई डकआउट गराए।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले पहिलो ओभरमै तीन विकेट थियो।
१६२ रनको लक्ष्य पछ्याएर चितवन राइनोजविरुद्ध उत्रिएको पोखराले पहिलो ओभरमै तीन विकेट गुमाएको हो। पोखराका ओपनर तथा कप्तान कुशल भुर्तेल र बास डि लिडे गोल्डेन डकआउट भएका छन्।
यस्तै दिलीप नाथ भने एक चौका हानेपछि क्याच आउट भए। तीनै विकेट चितवनका सोहेल तनवीरले लिएका हुन्।
भुर्तेल पहिलो बलमै रवि बोपाराबाट क्याच आउट भएका थिए। त्यसपछि क्रिजमा आएका नाथ पनि चौथो बलमा दीपक बोहोराबाट क्याच आउट भए। उनले एक चौका हानेका थिए।
त्यसपछि आएका बास डि लिडे पनि छटौं बलमा क्यूक बेन्केस्टिनबाट क्याच आउट भएका छन्। चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाज्लाई पराजित गरेको छ। पोखराको भने यो पहिलो खेल हो।
तनवीरले यसअघि काठमाडौं गोर्खाज्विरुद्धको खेलमा उनले पाँच विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।