काठमाडौं– त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले पहिलो ओभरमै तीन विकेट गुमाएको छ।
१६२ रनको लक्ष्य पछ्याएर चितवन राइनोजविरुद्ध उत्रिएको पोखराले पहिलो ओभरमै तीन विकेट गुमाएको हो। पोखराका ओपनर तथा कप्तान कुशल भुर्तेल र बास डि लिडे गोल्डेन डकआउट भएका छन्।
यस्तै दिलीप नाथ भने एक चौका हानेपछि क्याच आउट भए। तीनै विकेट चितवनका सोहेल तनवीरले लिएका हुन्।
भुर्तेल पहिलो बलमै रवि बोपाराबाट क्याच आउट भएका थिए। त्यसपछि क्रिजमा आएका नाथ पनि चौथो बलमा दीपक बोहोराबाट क्याच आउट भए। उनले एक चौका हानेका थिए।
त्यसपछि आएका बास डि लिडे पनि छटौं बलमा क्यूक बेन्केस्टिनबाट क्याच आउट भएका छन्। चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाज्लाई पराजित गरेको छ। पोखराको भने यो पहिलो खेल हो।
यो सँगै जारी जारी लिगमा एकै ओभरमा तीन विकेट लिने पहिलो खेलाडीसमेत तनवीर नै बनेका छन्। यसअघि काठमाडौं गोर्खाज्विरुद्धको खेलमा उनले पाँच विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।