काठमाडौं– धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का सुनिल कापर केवट निर्वाचित भएका छन्।
आइतबार भएको उपचुनावमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे। साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेकपा (एमाले) का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत पाए।
यसअघि यो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका विश्वनाथ यादव निर्वाचित भएका थिए। उनको निधन भएपछि सो वडामा उपचुनाव भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।