काठमाडौं– कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिएका हुन्।
दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छन्। एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ६६६ र माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४६५ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)ले ४१८ मत पाएका छन्।
कीर्तपुरको वडा १ र ४ मा पनि उपनिर्वाचन भएको छ। वडानम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मतका साथ विजयी भइसकेका छन्। वडानम्बर ४ को नतिजा आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।