काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ।
कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो।
लाहिरु मिलान्थाको आक्रामक पारिमा उनले ५३ बलमा नटआउट ७३ रन बनाए।
यस अघि ब्याटिरङ गरेको विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १ सय २८ रनको मध्यम लक्ष्य दिएको थियो तर जनकपुरले १५ ओभरमै समेट्दै १३१ रन बनायो।
जनकपुर बोल्ट्सबाट ओपनर आसिफ सेख सोलको क्लिन बोल्ड बाट आउट भए भने ५ रन मात्र बनाएर ३ बलमा प्रतिस बाट आउट भएका हुन्।
यस अघि टस जितेर जनकपुरका कप्तान अनिल शाहले पहिले बलिङ गर्ने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।