एजेन्सी– उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन्।
अधिकारीहरुका अनुसार यो सँगै झडपमा कुल मृत्युको सङ्ख्या १२४ पुगेको छ।
पाकिस्तान सुन्नी बहुल देश हो, यद्देपी अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठूलो शिया जनसङ्ख्या छ दुई समुदायहरू दशकौँदेखि द्वन्द्वमा छन्।
गत बिहीबार नयाँ लडाइँ सुरु भयो जब प्रहरी स्कर्टमा अन्तर्गत यात्रा गरिरहेका दुई अलग–अलग सवारीमाथि आक्रमण हुदाँ ४० जना भन्दा बढी मानिसहरुको मृत्यु हुनुका साथैे लडाइँ सुरु भएको थियो।
कुर्रम स्थानीय सरकारका एक अधिकारीले विगत दुई दिनमा झडपका कारण थप १३ जनाको मृत्यु भएको जनाउदै मृतकहरुमा दुई जना सुन्नी र ११ जना शिया समुदायका रहेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।